Admission Open

ad place

ए डिभिजन लिग : संकटाले अग्रता जोगाउँन नसक्दा मनाङ सँग बराबरी

दशरथ रंगशालामा भएको खेलमा मनाङले दुई गोलको अग्रता उल्टाउँदै बराबरी खेल्न सफल भएको हो।  

काठमाडौँ, १९ कार्तिक

सहिद स्मारक ए डिभिजन लिगमा शनिबार भएकाे खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

दशरथ रंगशालामा भएको खेलमा मनाङले दुई गोलको अग्रता उल्टाउँदै बराबरी खेल्न सफल भएको हो।

खेलमा संकटाका लागि निरज बस्नेत र उत्तम राईले गोल गरे । खेलको ३१ औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडर गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर चार मिनेटपछि नै मनाङले बराबरी गोल फर्कायो । ३५ औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले आफिजले मिलाएको पासमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा फर्काए ।

दोस्रो हाफमा दुबै टोलीले आक्रामक खेल देखाए । खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उत्तमले फोडे फोफानाको पासमा जाली चुमाउन सफल भएका थिए । त्यसपछि दबाबमा परेको आठ पटकको च्याम्पियन मनाङका लागि इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।

बराबरीपछि मनाङ ३ खेलबाट ७ अंक जोड्दै दोसो स्थानमा छ । संकटा समान खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...