Admission Open

ad place

प्रदेश २ मा जसपाका मन्त्री रामनरेश राय बर्खास्त

काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् ।

यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका थिए । तर उनले मानेका थिएनन् । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिने सहमति भएको छ ।

एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी छ । यद्यपि अर्को मन्त्रालय कुन दिने टुंगो लागिनसकेको स्रोतले जनायो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...