Admission Open

ad place

नेपालमा ३०६ जना नयाँ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

काठमाडौं :पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ९ हजार ६०६ नमूनामध्ये पीसीआर विधिबाट ८००८ र एन्टिजेन विधिबाट १५ सय ९८ गरी ३०६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १६ हजार ९६६ संक्रमित र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ८७ जना कोरोना संक्रमित देखिएका छन्।

अहिले सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ। मन्त्रालयका अनुसार आइतबार थप ३४८ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ।

यस्तै, कोरोनाबाट थप ६ जनाको ज्यान गएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...