Admission Open

टी-२० विश्वक: पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया दोश्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनल पुगेको छ।

काठमाडौँ, २६ कार्तिक

आईसीसी टि-२० विश्वकप अन्तर्गत बिहिबार भएको सेमीफाइनलमाको खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया दोश्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनल पुगेको छ। यस अघि अस्ट्रेलिया २०१० टि-२० विश्वकपको फाइनल पुगेको थियो।

आगामी आइतबार अस्ट्रेलिया र न्युजिल्यान्ड बीच टि-२० विश्वकपको सातौँ संस्करणको उपाधिको लागी प्रतिस्पर्धा हुनेछ।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंगको निम्तो पाएको पाकिस्तानले  २० ओभरमा ४ विकेट क्षेतीमा १७६ रन बनाएको थियो।

पाकिस्तानको लागी  ब्याटिंगमा  मोहमद रिजवान र फखर जमानले अर्धशतक प्रहार गरे। रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रन बनाए। यस्तै फखर जमानले ३२ बलमा ३ चौका र ४ छक्का मद्दतले अविजित ५५ रन बनाए। कप्तान बबर आजमले ३४ बलमा ५ चौका मद्दतले ३९ रन बनाए।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर १९ ओभर मै भेटायो। अस्ट्रेलियाको लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ३० बलमा ३ चौका र ३ छक्का मद्दतले ४९ रन बनाए। म्याथु वेडले मात्र १७ बलमा २ चौका र ४ छक्का मद्दतले अविजित ४१ तथा मार्कस स्टोइनिसले ३१ बलमा २ चौका र २ छक्का मद्दतले अविजित ४० रन बनाए। मिचेल मार्शले २८ रन बनाए। वेडले १९ ओभरको अन्तिम ३ बलमा पाकिस्तानका शाहीन शाह अफ्रिदीलाई लगातार तीन छक्का हिर्काएका थिए।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले सर्वाधिक २ विकेट लिए भने प्याट कमिन्स  र एडम जाम्पाले  समान १-१ विकेट लिए।

त्यस्तै पाकिस्तानको बलिंगमा लेग स्पिनर शदाब खानले सर्वाधिक ४ विकेट लिए भने शाहिन अफ्रिदीले १ विकेट लिए।

आगामी आइतबार अस्ट्रेलिया र न्युजिल्यान्ड बीच टि-२० विश्वकपको सातौँ संस्करणको उपाधिको लागी प्रतिस्पर्धा हुनेछ।

 

टिप्पणिहरु
Loading...