Admission Open

ad place

के मानिस बुद्धिमान नै भएको हो त ?

हिँडिरहेको मानिस हेर्दाहेर्दै गुड्यो, गुडेपछि उड्यो । उड्दाउड्दै ऊ यतिसम्म उड्यो कि पृथ्वीनै उसको लागि साँगुरो भयो ...

कार्बनडाइअक्साइडको उत्पादनमा कमी नगर्ने, प्रकृतिले दिएको निशुल्क सौर्य ऊर्जा र जलस्रोतलाई प्रयोग नगर्ने हो भने साच्चै पृथ्वीले गिज्याउँदै भन्ने छ तँ आउँदा पनि बुगैं आएको थिइस् र जाँदा पनि बुगैं जानेछस् ।

# केशब आचार्य, दिक्तेल खोटाङ

पृथ्वीको उत्पति अर्थात पृथ्वीको उमेर आजभन्दा करिब-करिब साढे चार अर्ब वर्ष जति हो । यही पृथ्वीमा राजा गर्ने, पृथ्वीका राजा मानिने मानिस अर्थात सेपियन्सको उत्पति वा उमेर आजभन्दा करिब तीन सय वर्षअघि मात्र हो ।

हजारौं वर्षसम्म मानिसले पृथ्वीमा सबै कुरा पाखुराले ग¥यो वा जनावरको सहराले ग¥यो । बिस्तारै-बिस्तारै उसले आफूलाई विकसित गर्दै गयो । जनावर मारेर जनावरको दाँत वा हड्डीलाई केही वर्ष तरवारको रुपमा चलायो र आफूलाई बढायो । उसले आफूलाई यतिसम्म बढायो कि पैताला खियाएर हिँडिरहेको ऊ हेर्दाहेर्दै गुड्यो, गुडेपछि उड्यो । उड्दाउड्दै ऊ यतिसम्म उड्यो कि पृथ्वीनै उसको लागि साँगुरो भयो र साँगुरोकै कारणले पृथ्वीमा मात्र नभई अन्य ग्रह पनि चाहार्न थाल्यो ।

आफैंलाई बुद्धिमान् सम्झने मानिसले कहिल्यै आफ्नो धरातल कहाँ र कस्तो थियो हेर्न सकेन । वास्तवमा भन्ने हो भने बुद्धि त प्रयोग ग¥यो तर बुद्धिमान् हुन सकेन ।

उसले विकासको नाममा के बनाएन ? जमिनमा चल्ने रेल, गाडी बनायो, पानीमा चल्ने पानीजहाज र हावामा उड्ने हवाइजहाजलगायत अनेक बनायो । यतिसम्म कि उसले बनाउन बाँकी केही पनि नखी चमत्कार नै ग¥यो । उसले आफ्नो बुद्धि यति प्रयोग ग¥र्योे कि आज पृथ्वीलाई औंलामा नचाईनचाई केही सेकेण्डमै पृथ्वीको फन्को मार्न सक्ने भयो ।
पानीमा गर्भ गर्ने प्राणीलाई जमिन, वायु दुबैमा गर्भ गरायो । मानिसको पेटमा गर्भ रहने प्राकृतिक नियमलाई चुनौती दिँदै एउटा ट्यूबमा गर्भ गराउन सक्षम भयो । जन्मदेखि मृत्युसम्म आफ्नो बुद्धि प्रयोग ग¥यो र सफल पनि हुँदै गयो ।
आफु कति बुद्धिमान छु भनि देखाउन उसले बगिरहेको खोलालाई थुनि दियो र गिज्याउंदै अर्को बाटो धकेलिदियो । यति मात्र हैन सधैं गिज्याइरहन पाउँ भन्दै आसपासका रुखहरु काट्यो र तिनै रुखहरु जोड्दै आफू बस्ने आलिसान घरहरु बनायो फोहोरका पोका र प्लास्टिकका झोलाको झट्टारो हान्दै गिज्यायो ।

हिउँले सेताम्य भएका हिमालहरु नांगिदै छन्, समुन्द्रको सतह दिनदिनै बढ्दै छ, बाढी पहिरोले दिनदिनै घरहरु पुर्दै छ । मानिसले गिज्याउँदै अर्को बाटो धकेलिदिएको खोलाले आज मानिसलाई नै गिज्याउँदै छ ।

ऊ यति बुद्धिमान भयो कि, एउटा कागजको टुक्रालाई पैसा नामकरण ग¥यो र व्यापार सुरु ग¥यो त्यसपछि ऊ मानिसबाट व्यापारीमा परिणत भयो । पृथ्वीमा पाइने निशुल्क वस्तुहरुमा हक जमाउंन थाल्यो । हरेक वस्तुको मूल्य तोक्यो (काठको फिटफिटदेखि जमिनको इन्चइन्चसम्म ) यति सम्म कि पानी र अक्सिजनलाई बोतलमा र सिलिण्डरमा राखी निशुल्क शब्दलाई सशुल्कमा परिवर्तन गरिदियो ।

मानिस र अहिलेका प्राणीहरु लगभग सँगसँगै जन्मिएका थिए । ती प्राणीहरु अझै पनि खाने र बाँच्ने कुरामै अल्झिएका छन् तर मानिस, खाने बाट खुवाउने र बाँच्ने बाट बचाउने अवस्थामा पुगेको छ ।
वास्तवमा मानिस पृथ्वीको प्रतिनिधिमात्र थियो तर आज ऊ निजी पति हुँदै गयो । आफैंले आफैंलाई बुद्धिमान् सम्झने मानिसले कहिल्यै आफ्नो धरातल कहाँ र कस्तो थियो हेर्न सकेन । वास्तवमा भन्ने हो भने बुद्धि त प्रयोग ग¥यो तर बुद्धिमान् हुन सकेन । जसको कारणले गर्दा पृथ्वीलाई वर्षेनि ज्वरो आउन थाल्यो । यसरी ज्वरो आउँदा औषधि उपचार गर्नु पर्नेमा उल्टै कोइला र पेट्रोलियमले बनेका अर्थात आफ्नो बुद्धि प्रयोग गरेर बनाएका गाडी, रेल, हवाईजहाज, पानीजहाजको गियर बढाउंदै विश्व भ्रमणमा निस्कियो आहा ! र हा ! हा !! बटुल्दै अनि कार्बनडाइअक्साइडको कालो मुस्लो उडाउँदै । पृथ्वीलाई सुन्दर बनाउन चाहिने औषधि उपचारको लागि भन्दै ठूला-ठूला औद्योगिक कारखाना खोल्यो र दियो उही कार्बनडाइअक्साइडको कालो मुस्लो ।

बुद्धिमान् मानिसले कालो मुस्लो पृथ्वीलाई यसरी दियो मानौ विवाहमा दिइने दाइजो जसरी अनिवार्य झैँ । अझ भनौँ कसले बढी दिने होडबाजी चलाउँदै । कार्बनडाइअक्साइडको कालो मुस्लोले दिनदिनै पृथ्वीको तापक्रम बढाउंदै छ, हरित गृहलाई छिद्राछिद्रा बनाउँदै छ । शान्त र सालिन समुन्द्रलाई अट्टाहास गरी हास्न बाध्य बनाउँदै छ । कालो मुस्लो कै कारणले ऋतु परिवर्तन हुन थाल्यो कतै उत्पात पानी पर्न थाल्यो त कतै भयङ्कर खडेरी लाग्न थाल्यो ।

हिउँले सेताम्य भएका हिमालहरु नांगिदै छन्, समुन्द्रको सतह दिनदिनै बढ्दै छ, बाढी पहिरोले दिनदिनै घरहरु पुर्दै छ । मानिसले गिज्याउँदै अर्को बाटो धकेलिदिएको खोलाले आज मानिसलाई नै गिज्याउँदै छ । मानिसको बुद्धिसँग ऊ यसरी रिसाएको छ कि, पानी पनि झमझम हैन छङ्गछङ्ग पर्दै छ । बाल्टिनबाट खन्याए झैँ अनि डुब्दै छन् बेसी र फुट्दै छन् तालहरु दिनदिनै ।

पृथ्वीको तापक्रम कति बढ्यो, कस्तो असर गर्दैछ भनि हेर्न कुनै गुगल सर्च गरिरहनु पर्दैन । विगत केही दिनदेखि हाम्रै देशमा पर्दै आएको पानी, बग्दै गरेको मेलम्ची, डुब्दै गरेको तराई र भासिदै गएको पोखरालाई उदाहरण लिन सकिन्छ ।
अब पनि बुद्धिमान् मानिसले कार्बनडाइअक्साइडको उत्पादनमा कमी नगर्ने, प्रकृतिले दिएको निशुल्क सौर्य ऊर्जा र जलस्रोतलाई प्रयोग नगर्ने हो भने साच्चै पृथ्वीले गिज्याउँदै भन्ने छ तँ आउँदा पनि बुगैं आएको थिइस र जाँदा पनि बुगैं जानेछस् ।
मानिसले बुद्धिको प्रयोग ब्यापक ग¥यो तर के बुद्धिमान् हुन सक्यो त ? प्रश्न तपाईँ हामी सबैलाई ।

(साभार राजधानी दैनिक)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...