Admission Open

ad place

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

काठमाडौँ : गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।

ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु चार करोड ११ लाख ५६ हजारको लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

गत वैशाखमा सडक कालोपत्र थालिएको हो । गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो ।

सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताउनुभयो । “सडक कालोपत्र नहुँदा वर्षौंदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थियौँ”, उहाँले भन्नुभयो ।

पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पु¥याउन सहज भएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...