Admission Open

ad place

टी-२० विश्वक: न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेसँगै भारत विश्वकपबाट बाहिरियो

न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै टि-२० विश्वकप २०२१ को सेमीफाइनलमा आफ्नो नाम पक्का गरेको छ।

काठमाडौँ, २१ कार्तिक

आईसीसी टि-२० विश्वकप अन्तर्गत आईतबार भएको सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गतको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै टि-२० विश्वकप २०२१ को सेमीफाइनलमा आफ्नो नाम पक्का गरेको छ।

शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट क्षेतीमा १२४ रन बनाएको थियो। अफगानिस्तानको लागी नजिबुल्लाह जद्रानले ४८ बलमा ६ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए । त्यस्तै गुल्बदिन नैबले १५ तथा कप्तान मोहम्मद नाबीले १४ रन बनाए।

खराब सुरुवात गरेको अफगानिस्तानले पावरप्लेको ६ ओभरमा ३ विकेट गुमाएर २३ रन मात्र बनाएको थियो।

न्युजिल्यान्डलाई जिताउन ब्याटिंगमा कप्तान केन विलियमसनले ४२ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै डेभोन कनवेले अविजित ३६ रन, मार्टिन गप्टिलले २८ तथा डेरेल मिचेलले १७ रनको योगदान गरे ।

न्युजिल्यान्डको लागी बलर ट्रेन्ट बोल्टले ३, टिम साउदीले २ तथा जेम्स निशम, एडम मिल्ने र इश सोढीले  समान १-१  विकेट लिए।

त्यस्तै अफगानिस्तानको लागी बलर मुजिब उर् रहमान र राशिद खानले समान १-१ विकेट लिए।

न्युजिल्यान्डको जितसंगै अफगानिस्तान तथा एक खेल खेल्न बाँकी रहेको भारत सेमीफाइनल पुग्ने सम्भावना समाप्त भएको छ। यस अघि समुह ‘१’ बाट इंग्ल्यान्ड र अस्ट्रेलिया तथा समुह ‘२’ बाट पाकिस्तान सेमीफाइनल प्रवेश गरिसकेको छ। आजै हुने दोश्रो खेलमा पाकिस्तान र स्कटल्याण्ड बीचको खेलपछि सेमीफाइनलमा प्रतिस्पर्धा गर्ने टिमको टुंगो लाग्नेछ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...