Admission Open

ad place

काग तिहारमा रमेश दुलालको १८ औं काग सम्मेलन

काठमाडौं   बिगत १८ बर्ष देखी काग तिहारको अवसर पारेर काग सम्मेलन गर्दै आउनु भएका कलाकार रमेश दुलालले यसबर्ष पनि १८ औं काग सम्मेलन गर्नुभएको छ । काठमाडौंको शान्तिबाटिका गेट, रत्नपार्कमा बिहान ६ बजे काग तिहारको अवसर पारेर काग सम्मेलन गर्नुभएको हो । रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा पार्नुभएको थियो ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको १८ औं बृहत काग सम्मेलन कार्यक्रमलाई ग्रिनसिटी हस्पिटल बसुन्धराले सौजन्य सहयोग गरेको थियो । मुखबाट १ सय ७३ जीव जनावर तथा चराचुरुङ्गी, तथा बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामना सहित काग सम्मेलन गरेको बताउनु भयो ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...