Admission Open

ad place

स्वर्गीय पिता प्रभाकर एसजेबी राणाको नाममा छोरीको सम्झना

काठमाडौँ, १७ कार्तिक : स्वर्गीय प्रभाकर एसजेबी राणाकी छोरी श्रीमती माया राणा तुफोले दरबार स्कुलको दुई पुस्तकालयका लागि सहयोग गर्नुभएको छ । उहाँले आफ्नो बुबाले शैक्षिक र तालिम कार्यक्रममा जोड दिनु भएकाले समुदायको लागि पुस्तकालय स्थापना गर्ने जिम्मेवारी लिने संस्थालाई रकमदिन चाहेको बताउनु भयो । जोन्टा क्लब काठमाडौं पुस्तकालयहरू स्थापना गर्ने यस कल्याणकारी कार्यको हिस्सा हुनपाउँदा गर्व गर्दछ । यसको लक्ष्य भनेकोे उच्च गुणस्तरको पुस्तकालय विद्यार्थीको पहुँचमा सुनिश्चित गर्नु हो र प्रत्येक विद्यार्थीको लागि कर्मचारीहरूद्वारा सञ्चालित गतिशील, राम्रो–संसाधनयुक्त पुस्तकालयको स्थापना गर्नु हो ।

स्वर्गीय राणा नेपाली सम्पदा, संस्कृति र प्रकृतिको पनि ठूलो प्रशंसक हुनुहुन्थ्यो । त्यसै कारण उहाँले नेपालको पहिलो र ऐतिहासिक विद्यालय दरबार विद्यालयलाई आर्थिक सहयोग गर्नु पनि स्वाभाविक नै हो । सन् २०१५ को भूकम्प पछि चीन सरकारले विद्यालयको पुनर्निर्माण गरेको थियो ।

जोन्टा क्लब काठमाडौं र दरबार स्कूल, भानु मा.वी. र संस्कृत मा.वी.ले पुस्तकालयका लागि श्रीमती माया राणा तुफोको अमूल्य योगदानलाई उहाँका स्वर्गीय पिता श्री प्रभाकर एसजेबी राणाको नाममा सम्मान गर्दछ ।
जोन्टाले महिला अधिकारको लागि काम गर्दछ । उनीहरू समानता, शिक्षा, बालविवाह र लैङ्गिक हिंसाको अन्त्यका लागि कार्यरत रहेका छन् । जोन्टा क्लब अफ काठमाडौँ दरबार स्कुललाई कोभिड–१९ को समयमा अनलाइन शिक्षा प्रदान गर्नका लागि शिक्षकहरूलाई ल्यापटप र विद्यार्थीहरूलाई स्मार्ट फोन उपलब्ध गराएर सहयोग गर्न सक्रिय भएको छ । जोन्टाले शिक्षकहरूलाई अनलाइन शिक्षाका लागि इन्टेन्सिभ प्रशिक्षण पनि प्रदान गरेको थियो । विद्यालयको पुस्तकालयले यी अनिश्चित समयका चुनौतीहरूको सामना गर्न जानकारी प्रदान गर्दछ र व्यापक ज्ञानको विकास गर्दछ ।

दरबार विद्यालयको नाममा दुईवटा ऐतिहासिक विद्यालयहरु रहेका छन् । एउटा संस्कृत माध्यमिक विद्यालय हो जहाँ कक्षा ६ देखि १२ कक्षा सम्म पढाई हुन्छ भने अर्को भानु माध्यमिक विद्यालय हो जहाँ अहिले प्रि–स्कूलदेखि कक्षा १० सम्म पढाइ हुन्छ । जोन्टाले “पाणिनी” र “दरबार पुस्तकालय”नामका दुईवटा पुस्तकालयहरु स्थापना गरेको छ । भानु माबीले प्रि–स्कूलदेखि तेस्रो कक्षासम्म आफ्नै कक्षा कोठामा बुक कर्नरहरू पनि राख्ने छन् ।

पुस्तकालयले विद्यार्थी र शिक्षक दुवैलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्नुका साथै उनीहरुलाई विषयहरूमा रुचि विकास गर्छ र विद्यार्थीहरूको शिक्षाको ज्योतिलाई अझ फराकिलो पार्दछ । दरबार स्कुलमा पुस्तकालयको साथ हामीले विद्यार्थीहरूमा पढ्ने संस्कृति र जीवन भर सिक्ने बानीलाई प्रोत्साहित गर्ने लक्ष्य राखेका छौं । पुस्तकालयले विद्यार्थीहरूलाई आफ्नो संस्कृतिको बारेमा जानकारी गराउनुका साथै अन्य संस्कृतिहरू बारे पनि जानकारी गराउँने छ र उनीहरुलाई नवीनतम् ज्ञान प्रदान गर्नेछ । पुस्तकालयले शिक्षकको प्रभावकारिता बढाउन र अनुसन्धान पुस्तकहरू एवम् अन्य माध्यमहरूको साथ कक्षाको कार्य सम्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले व्यक्तिगत र सामूहिक सिकाइलाई बढावा दिन्छ साथै विद्यार्थीहरूको शब्दावली विकास गर्न, बुझाइ बढाउन, मौन पढ्ने बानीको विकास गर्न र विद्यार्थीहरूमा समस्या समाधान गर्ने मनोवृत्ति विकास गर्न मद्दत गर्दछ ।

विद्यालयले DEAR Time: Drop Everything And Read Policy लाई हरेक दिन २० मिनेटको लागि अपनाउने छ । विद्यार्थी र शिक्षकहरूले पढ्न र लेखनमा रुचि बढाउन पुस्तक क्लबहरूका साथै लेखकहरूलाई विद्यालयभ्रमण पनि गराउन सक्नेछन् । पुस्तकालयमा अनलाइन पुस्तकहरू पढ्न र विद्यार्थीहरूको लागि अनलाइनल र्निँग ट्रेन्ड सँग अप्डेट गराउन साथै रिसर्च गर्न उपकरणहरू पनि उपलब्ध रहेका छन् ।

जोन्टाले दुवै पुस्तकालयहरूको हेरचाह गर्नकोे लागि एउटा फुल टाइम लाइब्रेरियन र लाइब्रेरी एसिस्ट्यान्ट नियुक्त गरेको छ। लाइब्रेरियन भनेको विद्यार्थीहरूको मानसिक, भावनात्मक र सामाजिक विकासको लागि एक निर्देशात्मक लिडर हुन् जसले पुस्तकहरूको छनोटको सिफारिसमा पनि मद्दत गर्नेछन् ।
जोन्टा क्लबअफ काठमाडौँका प्रेसिडेन्ट सीमा गोल्छाले भन्नुभयो, “कुनै पनि महिला शिक्षाबाट वञ्चित हुनुहुँदैन । यो पुस्तकालय भावी पुस्ताकालागि ज्ञानको स्रोत बन्नेछ ।”

दरबार हाई स्कुलको पुस्तकालयको उद्घाटन

एमसी शारदा पौडेल (भानु मा.वि.का उप–प्राचार्य) ले प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयरलाई “पानस”दीप प्रज्वलन (जोन्टाका उपाध्यक्ष कमल केशरी तुलाधरको नेतृत्वमा) गर्न अनुरोध गर्दै यस समारोहको उद्घाटन गर्नुभयो ।

त्यसपछि आशन ग्रहणको कार्यव्रmम सम्पन्न भयो जहाँ श्रीमती मीरा जोशी (पूर्व अध्यक्ष), श्रीमती आभा शाह (जोन्टाका निर्वाचित अध्यक्ष ) र कमल केशरी तुलाधरको उपस्थिति रहेको थियो । यसका साथै वडा नं २७ का अध्यक्ष चीनीया मान बज्रचार्य प्रमुख अतिथि मेयर विद्या सुन्दर शाक्य, शिक्षा अधिकारी राम प्रसाद सुवेदी, माया रानातुफो ज्यूका प्रायोजक प्रतिनिधि र जोन्टाका पूर्व प्रेसिडेन्ट सिर्जना राना, जोन्टाका हाल प्रेसिडेन्ट सीमा गोल्छा, भानु मा.वी.का एसएमसी प्रेसिडेन्ट गोपाल महर्जन र संस्कृत मा.वि.का एसएमसी प्रेसिडेन्ट प्रभा बज्रचार्यले पनि कार्यव्रmममा सहभागी जनाउनु भएको थियो ।
त्यसपछि कार्यव्रmममा संस्कृत विद्यालयको स्वस्तीवाचन, दरबार स्कुल संस्कृत मा.वी.का शीव सरको मन्तव्य, हिमालय शमशेर जबराको बारे भिडियो, दरबार स्कुलको इतिहास र पुस्तकालयको महत्वबारे सत्य मोहन जोसीद्वारा छोटो भिडियो, जोन्टाका प्रेसिडेन्ट सीमा गोल्छाको मन्तव्य, दुईवटा पुस्तकालयका प्रायोजक माया राना तुफोको तर्फबाट सिर्जना रानाको दुई चार शब्द, शिक्षा अधिकारी रामप्रसाद सुवेदीको मन्तव्य, प्रमुख अतिथि महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको मन्तव्य, दरबार स्कुलको विद्यालय व्यवस्थापनको सदस्य मीखा माथेमाको भोट अफथ्यांक्स, वडाका अध्यक्ष चीनीया मान ब्रजचार्यको वाचन समावेश रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...