काठमाडौँ, १६ कार्तिक
आईसीसी टि-२० विश्वकप अन्तर्गत मंगलबार भएको सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतको खेलमा दक्षिण अफ्रीकाले बंगलादेशलाई ६ विकेटले हराएको छ । यो हार सँगै बंगलादेश टि-२० विश्वकपको पहिलो चरण बाटै बाहिरिएको छ । बंगलादेश श्रीलंकासंग ५ विकटले, इंग्ल्यान्डसंग ८ विकेटले, वेस्टइन्डिजसंग ३ रनले पराजित भएको थियो।
शेख जायद स्टेडियम अबुधाबीमा मंगलबार भएको खेलमा टस हारेर ब्याटिंग गरेको बंगलादेशले १८.२ ओभरमा ८४ रन मात्रै बनाएको थियो । बंगलादेशको लागि मेहदी हसनले सर्वाधिक २७, लिटन दासले २४, शमिम होसेनले ११ रनको योगदान गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ४५ रनमा ६ विकेट गुमाएको अवस्थामा होसेन र हसन ले सातौँ विकेटको लागि इनिंग्सकै सर्वाधिक १९ रनको साझेदारी गरे।
बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रीकाले १३.३ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । दक्षिण अफ्रिकाको लागी कप्तान तेम्बा बभुमाले सर्वाधिक अविजित ३१ रन बनए भने रसि भान डर डुसेनले २२ तथा क्विन्टन डीककले १६ रन बनाए।
दक्षिण अफ्रिकी बलर कागीसो रबाडा र एनरिक् नोर्कियाले समान ३-३ विकेट, तब्रेज शाम्सीले २ तथा ड्वेन प्रिटोरिसले १ विकेट लिए।
त्यस्तै बंगलादेश बलर तास्किन एहमदले २ तथा मेहदी हसन र नसुम एहमदले समान १-१ विकेट लिए।
जितपछि दक्षिण अफ्रीका ४ खेलमा ३ जित र १ हार पछि समुह ‘१’ अंक तालिकाको दोश्रो स्थानमा यथावत छ। ४ जितको साथ इंग्ल्यान्ड ८ अंक सहित पहिलो स्थानमा छ। अस्ट्रेलिया ३ खेलमा ४ अंक सहित तेश्रो स्थानमा छ भने चार खेलमा चारै खेल हार बेहोरेको बंगलादेश सुपर-१२ चरणबाटै बाहिरिएको छ ।