काठमाडौं, १४ मंसिर नेपाली कांग्रेसको भक्तपुर जिल्ला सभापतिमा संस्थापन पक्षका दुर्लभ थापा विजयी भएका छन् । दुर्लभ थापाले ५५५ मत र अष्ट कवेले ४४२ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । मंगलबार बिहान सार्वजनिक मतपरिणाममा थापाले सभापतिका चिरपरिचित प्रत्यासी अष्ट कवेलाई पराजित गरेका हुन् ।