Admission Open

ad place

एमाले महाधिवेशन : आफ्नो पक्षमा भोट माग्ने प्रजातान्त्रिक पद्दती मिचेर प्रतिस्पर्धीलाई भोट नहाल्न भन्दै पर्चा बाँडियो

चितवन, सौराहा १४ मंसिर : नेकपा एमालेको १०औँ महाधिवेशनस्थल सौरहा चितवनमा नयाँ नेतृत्व चयनमा सहमती नजुटेपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेका छन् ।

महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।

एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिताविपरीत भएको टिप्पणी रावल पक्षको छ । एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहित विपरीत रहेको बताएका छन् । ‘त्यस्तो नगर्ने भनेर छलफल गरेर नै निर्वाचन आयोगले आफैँ आचारंसहिता केन्द्रीय बनाएको हो,’ उनले भने, ‘निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा लगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्नुस् भनिसकेको छु ।’

संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके धाँधली मानिने उनले बताए । ‘यदि त्यस्तो नगर्ने हो भने कतिपय ठाउँमा जसरी प्रतिनिधि छनोटमा धाधली गरियो, यो पनि धाधलीको एउटा रुप हो । यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफै आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ उनले न्युज कारखानासँग भने ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...