काठमाडौं, १३ मंसिर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने बताएका छन् ।
जबराले आफूनिकट नेताहरुसँग अध्यक्ष पदमा नउठ्ने बताएका हुन । मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिक कार्यक्रम मार्फतनै उम्मेदवारी घोषण गरिसकेका छन् । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले उम्मेदवारी दिने बताइरहेका छन् ।
कमल थापाले लिङ्देनलाई चुनौती दिँदै भने, ‘युवा र उमेरको कुरा गर्ने भए टुँडिखेलमा दौडिऔं, हारेँ भने अध्यक्षको उम्मेदवारी छोड्छु’ ।