Admission Open

ad place

बढ्यो सुनको मूल्य, कतिमा भईरहेछ कारोबार ?

काठमाडौं, १० मंसिर : सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २ सय २५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा प्रतितोला एक हजार ८ सय रुपैयाँले घटेर ९१ हजार ९ सय रुपैयाँ पुगेको छ । सार्वजनिक तथ्याङ्कानुसार गत आइतबारका तुलनामा सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य त्यसपछिका दिनमा लगातार घटेको देखिन्छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन सुन तथा चाँदीका मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ९५ डलर आसपासमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...