Admission Open

ad place

एमाले पोखरा महानगरमा नेतृत्व चयन आज : अध्यक्षमा चार र सचिवमा तीन जनाको दावी

पोखरा, १० कात्तिक : नेकपा एमाले पोखरा महानगर कमिटिको अधिवेश मंगलबारदेखि सुरु भएको छ । देशैभर एकै पटक पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । महानगर कमिटिमा अध्यक्षका लागी चार जना आकांक्षी देखिपछि नेतृत्व चयनमा सकस देखिएको छ । अध्यक्षमा दीलिप न्यौपाने, दिपक पौडेल, तेजनरायण अधिकारी र सञ्जिबहादुर कोइरालाले उम्मेदवार देखिनुभएको छ । चारै जना अध्यक्षका लागि भोट माग्न ब्यस्त हुनुहुन्छ ।

त्यस्तै सचिवमा तीन जनाले उम्मेदवारी दिने बताएका छन् ।सचिववमा पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, युवा नेता विष्णु पुन र पोखरा २० का अध्यक्ष सिम गुरुगले सचिवमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

नेकपा एमालेले वडा, पालिका अधिवेशनलाई प्रथम अधिवेशन भनेको छ । प्रथम अधिवेशन भएकाले सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिएको छ । पोखरा महानगर कमिटिमा पनि सर्वसम्मतको प्रयास भैरहेको छ । मंगलबारनै टुंग्याउने भनिएको अधिवेशन नेतृत्वमा धेरै आकांक्षी देखिएपछि सर्वसम्मतको प्रयासका लागि अधिवेशन आज विहान १० बजे सुरु हुने गरी स्थागित गरिएको थियो । एमाल महानगर अधिवेशनमा नीतिका विषयमा भन्दा पनि नेतृत्वको विषयले प्राथमिकता पाएको छ । महानगर संगठन कमिटि संघीय व्यवस्थापमा गएपछिको पहिलो हो । त्यसैले यहाँ नेतृत्वका लागि प्रतिस्पर्धा चलेको छ । ३३ वडा रहेको महानगरको

अध्यक्ष शक्तिशाली देखिएको छ । एमालेभित्रको गुटगत राजनीति समेत यहाँ देखिएको छ । एमाले अध्यक्ष केपी ओली रहेपनि यहाँ उपगुट देखिएको छ । यहाँ दुई नेता वीचको टकरावले नेतृत्वय चयन थप सकस भएको छ । खगराज अधिकारी र पृथ्वीसुब्वा गुरुंगले आफना पक्षकालाई नेतृत्वमा ल्याउन खोजेपछि असजह देखिएको छ । न्यौपाने खगराज अधिकारी । तेजनारायण अधिकारी पृथ्वीसुब्बा गुरुंगको उम्मेदवार बनेको चर्चा चलेको छ भने सञ्जिबहादुर कोइराला किरण गुरुंगको समर्थनमा उम्मेदवार बनेको हल्ला अधिवेशनस्थलमै चलेको थियो । नेतृत्व चयन कुनैपनि हालतमा सर्वसम्मत गर्ने अडानमा अधिवेशनको अध्यक्ष मण्डल रहेको छ । अध्यक्ष मण्डलको अध्यक्ष खगराज अधिकारी रहनुभएको छ भने पूर्वमन्त्री जगत विश्वकर्मा, सिता गिरी, भिम कार्की लगायत सदस्य हुनुुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...