Admission Open

ad place

२९ वर्षपछि भारतलाई हराउँदै पाकिस्तानले रच्यो इतिहास

विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलोपटक हो।

काठमाडौं, ८ कात्तिक : युएईमा जारि टि-ट्वान्टी विश्वकपअन्तर्गत पाकिस्तानले भारतलाई हराएको छ। आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई  १० विकेटले हराएको हो ।

दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा  ७ विकेट गुमाउँदै १५१ रन जोडेको थियो ।

भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाइ १७.५ ओभरमा पूरा गरेको थियो ।

पाकिस्तानका लागि ओपनर मोहमद रिजवानले नटआउट ७९ रन र बाबर अजामले नटआउट ६८ रन जोडेका थिए । रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का तथा बाबरले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन जोडेका थिए । उनले  ४९ बल खेल्दै ५ चौका र १ छक्काको प्रहारमा उक्क्त रन जोडेका थिए । उनि साहीन शाह अफ्रिदीको बलमा आउट भएका थिए ।

ओपनरमा आएका  केएल राहुल र रोहित शर्मा दोहोरो अंक बनाउन नपाउँदै पभेलिएन फर्किएका थिए । राहुल ३ रन र रोहित शून्यमा आउट भएका थिए। दुवैलाई पाकिस्तानका साहीन शाह अफ्रिदीले पभेलिएन फर्काएका थिए।

सूर्यकुमार यादवले ११ रन र रिशव पन्तले ३९ रन जोडे। रिशवले ३० बल खेल्दा २ चौका र २ छक्का हिर्काए। रवीन्द्र जडेजाले १३ रन जोडे। हार्दिक पाण्ड्या ११ रनमा आउट भए।

बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा  ३० रन खर्चिए।

हसन अलीले २ विकेट हात पारे। उनले ४४ रन खर्चिएका थिए। यस्तै शादब खान र हरिस राउफले १-१ विकेट हात पारे।

विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलोपटक हो। यसअघि भारतविरुद्ध एकदिवसीय र टी-२० विश्वकपमा खेलेका कूल १२ खेलमा पाकिस्तान पराजित भएको थियो।

सन् १९९२ देखि विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको पाकिस्तानले २९ वर्षपछि जित हात पारेको हो।

पछिल्लो पटक पाकिस्तान सन् २०१६ को टी-२० विश्वकपमा भारतद्वारा ६ विकेटले पराजित भएको थियो भने एकदिवसीय विश्वकपमा सन् २०१९ मा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित भएको थियो ।

बिराट कोहलीले बनाए दुई इतिहास 

“बिराट कोहली टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सर्वाधिक ५० माथिको स्कोर बनाउने ब्याट्सम्यान बनेका छन्”

“कोहली टि-ट्वान्टी विश्वकपमा पाकिस्तान बिरुद्ध सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन्।”

यो पनि पड्नुस  :

२९ वर्षपछि भारतलाई हराउँदै पाकिस्तानले रच्यो इतिहास

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...