Admission Open

ad place

साफ च्याम्पियनसिप २०२१ को उपाधि भारतलाई; नेपालको इतिहास बनाउने सपना अधुरै

भारतले साफको उपाधि आठौं पटक जितेको छ

काठमाडौं, ३० असोज

साफ च्याम्पियनसिप २०२१ को उपाधि भारतले चुमेको छ । यो सँगै भारतले साफको उपाधि आठौं पटक चुमेको छ ।

शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा नेपाललाई ३-० गोलले पराजित गर्दै भारतले आठौं पटक उपाधि जितेको हो । यो हार सँगै साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपालले ३ गोल खायो । दोस्रो हाफमा नेपालले एक मिनेटको अन्तरमा दुई गोल खाएको थियो ।

भारतका लागि कप्तान सुनील क्षेत्रीले खेलको ४९ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो गोल खाएर नेपालि खेलाडी लएमा फर्किन नपाउंदै  सुरेश सिंहले ५० मिनेटमा भारतका लागि गोल दोब्बर गरेका थिए । क्षेत्रीले प्रितम कोटलको क्रसमा हेडमार्फत गोल गरेका थिए भने मोहमद यासिरले उपलब्ध गराएको पासमा सुरेशले गोल गरेका थिए ।

अब्दुल समादले भारतको लागी इन्जुरी टाइममा तेस्रो गोल गर्दै  जित पक्का गरेका थिए। उनले रहिम अलीको पासमा गोल गरेका थिए ।

यो हार सँगै उपाधि जितेर अर्को  इतिहास बनाउने नेपालको सपना चुकेको छ। यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो।

साफको उपाधि भिडन्तमा पराजित भएसँगै नेपालले भारतविरुद्ध लगातार नौं खेलसम्म जित निकाल्न सकेन।

सुनीलले साफ च्याम्पियनसिप २०२१ मा सर्वाधिक पाँच गोल गर्न सफल भए।

नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ८ मध्ये नेपाल ६ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्।

नेपाल र भारतबीच अहिलेसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन् भने १६ खेलमा नेपाल पराजित भएको छ।

भारतले साफको उपाधि आठौं पटक जितेको छ भने नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...