Admission Open

ad place

प्रदेश सरकारबाट एमाले रित्तिने

अब प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको सत्ता

काठमाडौँ : शुरुमा दुई तिहाईको केन्द्रीय सरकार र ६ वटा प्रदेश सरकार चलाए पनि नेकपा विभाजित भएपछि धमाधम ती सरकारहरु ढल्दै गए । नेकपा विभाजनको सबै भन्दा ठूलो मार एमालेलाई परेको देखिएको छ । एकातिर उसको केन्द्रीय सरकार ढलेको छ भने प्रदेश तहमा पनि एमाले सरकार बिहीन हुँदैछ ।
गण्डकी प्रदेशमा पृथ्वी सुव्वा गुरुगं, लुम्विनीमा शंकर पोखरेल बाहिरिएपछि एमालेले पछि मुख्यमन्त्री बनाएका बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश एक का भीम आचार्य पनि हट्ने निश्चित देखिएको छ । यसपछि एमाले प्रदेश सरकार बिहीन हुनेछ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भोली विस्वासको मत लिँदैछन् । त्यसमा उनले विस्वासको मत नपाउने निश्चित देखिएको छ । उनले विस्वासको मत नपाउना साथ एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीका राजेन्द्र राईले मुख्यमन्त्री पाउने भएका छन् । यसका लागि गठबन्धनका दलहरुबीच सहमति बनेको छ ।
यसै गरी बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले २४ गते विस्वासको मत लिने भएकी छन् । त्यसमा पनि उनले विस्वासको मत पाउने संभावना देखिएको छैन । उनी हटेपछि एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निश्चित अवधिका लागि मुख्यमन्त्री हुने लगभग पक्का देखिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...