काठमाण्डौं, २० असोज : २०७८ सालको दसैँको उपलक्ष्यमा विदेशमा रहेका पाँच संस्थाले एउटा बृद्धा आश्रमलाई विभिन्न सामाग्री बितरण गरिएको छ ।काठमाडौ बानेश्वर अवस्थित असाहाय सेवा सदन बृद्दा आश्रम अवस्थित ३७ जना जेष्ठ नागरिकहरुलाई साउदी, कतार,दुबाई, कुवेत, मलेसिया, हङकङ, अमेरिका, जापान, युके, ईजरायलमा बसोबास गर्ने राई मुलघर सेवा समाज, शेर्पा सेवा समाज, पोख्रेली सेवा समाज, हेल्पिङ्ग हेन्ड्स सेवा समाज, र युनिटी अफ फेमिली सेवा समाजले थाल, चामल , दाल, वितरण गरेको हो ।
साथै कृष्ण कुमार राई र मिलन राईले सो बृद्धा आश्रममा बसोबास गर्दै आएका ३७ जेष्ठ नागरिकहरुलाई ३७ थान कम्मल वितरण गरिएको थियो । एक भर्चुअल कार्यक्रमको आयोजना गरी सो सामाग्री हस्तान्त्रण गरिएको थियो । साथै जोरपार्टीमा अवस्थित न्यु लाईफ बाल आश्रमका ४८ बालबालीकालाई न्यानो कपडा, कापी, पेन्सिल, १०० किलो चमल, ३० किलो दाल, १० किलो १० मासु प्रदान गरिएको थियो ।
साथै गोकर्णमा अवस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा बसोबास गर्ने ४७ जाना बालबालिकालाई न्यानो कपडा, कापी, पेन्सिल, १०० किलो चमल, ३० किलो दाल, १० किलो १० मासु प्रदान गरिएको थियो ।
विदेशको विभिन्न कुनामा रहि आफ्नो देश प्रती को मायाँ,सद्भाव साथै दुखी,असाहाय हरुको मलम पट्टी बन्दै आईरहनु हुने राई मुलघर को वरिष्ठ अध्यक्ष मेनुका राई,शेर्पा सेवा समाजको वरिष्ठ संस्थापक टासी शेर्पा, हेल्पिङ्ग हेन्ड्स सेवा समाजको वरिष्ठ संस्थापक रतन गुरुङ्ग, पोख्रेली सेवा समाजका वरिष्ठ अध्यक्ष अर्पण गुरुङ्ग, युनिटी अफ फेमिली सेवा समाजका वरिष्ठ अध्यक्ष रिजन राई पाँच वटै संस्थामा आवद्ध सम्पूर्ण पदाधिकारीहरुले देशप्रतिको मायाँ,सद्भावले दुखी र असाहायहरुका लागि मलमपट्टी बनेर निस्वार्थ भावनाले देशको सेवा गरेको र सहयोग गरिरहने बताउनुभएको छ ।