Admission Open

ad place

भैरहवा ग्लाडिएर्सले  विराटनगर वारियर्सलाई ६ विकेटले हरायो

काठमाडौं, १३ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० अन्मातर्गत बुधबार भैरहवा ग्लाडिएर्स र  विराटनगर वारियर्सबीचको  खेलमा भैरहवा ग्लाडिएर्सले  विराटनगर वारियर्सलाई ६ विकेटले हराएको छ ।

टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७.४ वलमा ८९ रन बनाउँदै अल आउट भएको थियो । ओेपनर चन्द्रपल हेमराज शुन्यमा पवेलियन फर्किए सँगै बिराटनगर दवावमा आएको थियो । आसाका केन्द्र बिन्दु मानिएका शिकन्दर राजा ५ रनमा पवेलियन फर्किएका थिए भने कप्तान करण केसी  गोल्डेन डक आउट भएका थिए । दिल्सन मुनाविराले विराटनगरका लागि सर्वाधिक २५ रन बनाएका थिए । त्यस्तै सुमित महर्जन १३ , आसिफ शेख र अनिल शाहले समान ११ रन, र  बसन्त रेग्मीले  १० रन ( अविजित) बनाएका थिए ।

भैरहवालाई जिताउंन धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिएका थिए भने अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिएका थिए ।

विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै  पूरा गरेको थियो । भैरहवाको जीतमा उपुल थरंगाले अविजीत ३४ रन , प्रदिप ऐरीले १२, ततिम इकवाल र रोहित पौडेलले १२–१२ रनको योगदान गरेका थिए। भैरहवाको लागी रामनरेश गिरीले २  तथा बसन्त रेग्मी र करणले  १- १  विकेट लिएका थिए ।

यो जितसँगै भैरहवाले दुइ खेलबाट ३  अंक जोडेको छ । यसअघि भैरहवाले वर्षाका कारण खेल रद्ध भएपछि पोखरा राइनोज संग अंक बाडेको थियो । दोस्रो स्थानमा रहेको पोखराको पनि समान ३ अंकनै छ । तर भैरहवा रन रेटका आधारमा शीर्ष स्थानमा रहेको हो । विराटनगरकोलागी भने यो लगातार दोस्रो हार हो  । लगातार दोस्रो हारपछि विराटनगर अंकविहीन छ ।

इपिएलमा भोली पहिलो खेल चितवन टाइगर्स र काठमान्डौ किंस – ११  तथा दोस्रो खेल भैरहवा र ललितपुर पेट्रियटर्स बीच हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...