काठमाडौं : सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले क्लबलाई ४ लाख ९५ हजार २०० रुपैयाँ सहयोग प्रदान गरेको हो ।
सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेँलले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छा ज्यूलाई चेक हस्तान्तरण गरेका हुन् ।
जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरु संग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइन संग पनि सहकार्य गरेको छ ।
२००२ मा स्थापित सिद्धार्थ बैंक बैंकिंग र रेमिट्यान्स सेवाहरु प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरु मध्यको एक हो । यस बैंकको देशभरीमा १८० वटाभन्दा बढी शाखाहरु छन् र यसको प्रधान कार्यालय काठमाडौंमा रहेको छ ।