काठमाडौँ, २९ भदौ : नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान पाउने भएका छन् ।
निर्वाचन आयोगमा सनाखत गर्न नपाएका पाण्डे र भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान पाउने भएका हुन ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार सांसदद्वय पाण्डे र भट्टको दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
उनीहरुले यस अघि नै समाजवादी पार्टी रोजेपनि सनाखत गर्न नपाएका कारण पार्टीमा जान पाएका थिएनन् । एमालेले संभावित कार्बाही गर्न सक्ने त्रासमा सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।