
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१७ बैशाख २०८२, बुधबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १ हजार ८४५ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ जनाको पीसीआर परीक्षणमा १ हजार ०५८ र ३ हजार ०४६ को एन्टिजेन परीक्षणमा २१३ जना गरी १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ७४ हजार ५८७ जना पुगेको छ ।
जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा र १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ९०३ जनाको मृत्यु भएको छ ।