Admission Open

एमसिसी उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली काठमाडौंमा, अव के हुन्छ एमसिसी ???

काठमाडौं, २४ भदौ : केहीबेरअघि कतार हुँदै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाकी उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली चार दिने भ्रमणमा लागि काठमाडौं आइपुगेको छ।
नेपालमा भने अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको छ । अव के हुन्छ त एमसिसी भन्ने चासो सबै नेपालीमा छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ । नेपाल आएको उक्त टोली अहिले काठमाडौँको कमलपोखरीको मेरियट होटलमा पुगेको छ ।

एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...