Admission Open

संघीय संसदको बैठक आज शुरु हुँदै यस्ता छन् संभावित कार्यसूची

काठमाडौं, २३ भदौ : संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को १०औं अधिवेशन आज (बुधबार) देखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्।

माधव कुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनमा सहयोग हुनेगरि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन सरकारले यसअघि हतार हतार बजेट अधिवेशन गत साउन ३२ गते अन्त्य गरेको थियो । दल विभाजनको स्वार्थ पूरा भएकोले अब अमेरिकी सहयोग नियोग (एमसीसी) सम्झौता अघि बढाउने उद्देश्यले संसदको अधिवेशन बोलाइएको अनुमान गरिएको छ ।

आजबाट शुरू हुने अधिवेशनको पहिलो बैठकमा ३२ बुँदे कार्यसूची तय भएको छ । संघीय संसद् सचिवालयले तयार गरेको आजको सम्भावित कार्यसूचीमा राजनीतिक दलसम्बन्धी अध्यादेश पनि रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेश लगायत थुप्रै अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची पनि रहेको छ । अपरान्ह ४ बजे बस्ने अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैलीलाई लिएर विरोध जनाउने तयारी गरेको बुझिएको छ ।
यस्तै, संसद्को यस अधिवेशनमा संसदमा पेस भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको पनि संसद् सचिवालयले जनाएको छ।

[ यस्ता छन् कार्यसूची, हेर्न क्लिक गर्नुहोस् ]3

Suchi

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...