Admission Open

मातृ देवो भवः पितृ देवो भवः गुरु देवो भवः


काठममाडौँ : नेपाली संस्कृति, सम्मान र परम्परा विश्वमै सम्मान छ । संस्कार, धर्म एवं परम्परा र मान्यता आफ्नै आफ्नै होलान् । सबै जात – जातीको एउटै सुत्र संस्कार हो । नेपालीको पहिचान हो ।

कुशे औशी अर्थात बाबुको मुख हेर्ने अवसर पारेर विकाश घले गुरुङ्ले शुभकामना शीर्षकको गीत लिएर आएका छन् । रेड ओशियन इन्टरटेनमेन्टबाट शुभकामना गीतलाई रिलिज गरिएको छ । यस गीतमा प्रसिद्ध गायक शिव परियारको स्वर रहेको छ भने विकाश घले गुरुङले नै शब्द लेखेका छन् । यस गीतमा प्रसिद्ध संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । राजु कार्कीको ऐरेञ्जमेन्ट रहेको छ भने मिक्सिङ प्रकाश मिश्रले गरेका छन् ।

गीतको भिडियो पनि तयार गरिएको छ । कथा, निर्देशन, सम्पादन तथा रंग संयोजन पनि स्वयं विकाश घले गुरुङले गरेका छन् । म्यूजिक भिडियोमा दीपेश ढकाल, मनिता सारु, नाब्या शर्मा, विप्लव गुरुङ आदिले अभिनय गरेका छन् भने विशाल ढुंगानाले छायांकन गरेका छन् ।
चलचित्र, डकुमेन्ट्रि, म्यूजिक भिडियोमा अब्बल मानिएका विकाश घले गुरुङले अभिभावकप्रति सम्मान राम्ररी जाहेर गरेका छन् । आमा, बाबु, गुरु एवं प्रौढवर्गको सम्मानमा यो गीतले राम्रो मूमिका खेल्ने आशा गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...