Admission Open

सीप तथा रोजगारमूलक कार्यक्रमलाई एकीकृत ढङ्गले सञ्चालन गर्नु प्रभावकारी हुने निष्कर्ष

sf7df8f}F, @^ ;fpg . k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf cy{dGqL hgfb{g zdf{ b]zsf] jt{dfg cj:yfsf] ;DaGwdf hfgfsf/L u/fpFb} . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं : विभिन्न मन्त्रालय र निकायमार्फत अलग अलग ढङ्गले कार्यान्वयन गरिँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमलाई एकीकृत ढङ्गले सञ्चालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालिएको छ ।

अर्थमन्त्रालयमा आइतबार आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्चपदस्थ अधिकारीले दोहोरोपना देखिएका तालिम कार्यक्रमलाई एकीकृतरूपले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

श्रम, शिक्षा, कृषि तथा पशुपछी, सहकारी, युवालगायत मन्त्रालय र माताहतका निकायबाट हुने गरेका सीपमूलक तथा रोजगारमूलक तालिमलाई विषयगतरूपले एकीकृत गरी एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्ने निचोड निकालिएकोे छ ।

सो अवसरमा अर्थमन्त्री जनार्दन शर्माले दोहोरोपना देखिएका तालिम कार्यक्रमलाई एकीकृतरूपले सञ्चालन गर्नेगरी नीतिगत तयारी गर्न निर्देशन दिए । “एकै प्रकृतिका कार्यक्रम धेरै निकायबाट भइरहेको छ । यसरी काममा प्रभावकारित आउँदैन । तिनलाई केन्द्रिकृत गर्ने गरी तयारी गर्नुस्”, उनले भने, “हरेक वर्ष एउटै व्यक्तिलाई एकै प्रकृतिको तालिम मात्र दिइरहने तर उक्त व्यक्ति स्वरोजगार भएको नदेखिने समस्या छ, यसलाई अन्त्य गर्नुपर्छ ।”

तालिम लिएको व्यक्ति स्वरोजगार हुने वा रोजगारीमा लाग्नसक्ने खालको तालिम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । “हामीले गर्दै आएको वृक्षरोपण र ट्रेनिङ उस्तैउस्तै भयो, खासै परिणाममुखी भएनन् । अब यसलाई सच्याउने गरी नीति, कार्यक्रम बनाउनुपर्छ”, सीपमूलक तालिम एकीकृत गर्दा सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर तय गर्नुपर्नेमा मन्त्री शर्माको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले सीपमूलक तालिम एकद्वार प्रणालीबाट सञ्चालन गनुपर्ने प्रस्ताव आवश्यक र सान्दर्भिक रहेको उल्लेख गर्नुहुँदै यसलाई विषयगत हिसाबले दुई समूहमा विभाजन गरी सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिए । श्रम क्षेत्रसँग सम्बन्धित तालिम जति सबै श्रम मन्त्रालयमार्फत र प्राज्ञिक क्षेत्रसँग सम्बन्धित सबै किसिमका तालिम शिक्षा मन्त्रालयमार्फत सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।

उनले तालिम सञ्चालन गर्दा देशभर एकीकृत पाठ्यक्रम लागू गर्ने र तालिम सकिएपछि सबैलाई एकीकृत ढाँचाको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । यसोगर्दा शहरी क्षेत्रमा र ग्रामीण क्षेत्रमा पाएको तालिमको प्रमाणपत्रले समान मान्यता पाउने उनको तर्क छ ।

अर्थसचिव मधुकुमार मरासिनीले एकीकृत प्रणालीबाट तालिम सञ्चालन गर्ने विषय सकेसम्म प्रतिस्थापन विधेयकमा समेट्ने गरी तयारी गर्न सम्बद्ध मन्त्रालय तथा निकायलाई आग्रह गरे । यसरी एकीकृत प्रणालीबाट कार्यक्रम सञ्चालन गर्दा लागत प्रभावीसमेत हुने उनको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...