Admission Open

९ हजार ८७५ परीक्षणमा १ हजार २६८ जना कोरोना संक्रमित

काठमाडौं, १९ भदौ : थप १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा ९ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा संक्रमण देखिएको हो । शुक्रबार १ हजार ७५६ व्यक्तिमा संक्रमण देखिएको थियो । सक्रिय संक्रमित ३१ हजार ८२६ रहेका छन् ।

संक्रमणबाट निको भइृ शनिबार २ हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म ७ लाख २५ हजार ६५१ व्यक्ति निको भई घर फर्किएका हुन् । शुक्रबारको तुलनामा निको हुने दर शनिबार पनि बढेको छ । आज निको हुने दर ९४. ५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।

संक्रमणबाट निधन हुनेको सङ्ख्या विगत २४ घण्टामा घटेको पाइएको छ । संक्रमणबाट आज ९ जनाको ज्यान गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको संक्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ५५४ जना सघन उपचारकक्ष (आइसीयू), १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत छ । ५ सयभन्दा बढी संक्रमित हुने जिल्ला १९ छन् । शनिबार एक लाख सात हजार ५९८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...