![](https://www.nepalimala.com/wp-content/uploads/2021/09/rastraya-geet-1.jpg)
काठमाडौँ : सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतका शब्द शृजना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ । बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो ।