Admission Open

भ्रष्ट्र पदाधिकारीलाई सरकारले संरक्षण गरेको चिकित्सकको आरोप

सुनसरी, ७ भदौ : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्ट्राचारको आरोप लागेका चारजना पदाधिकरीहरुलाई सरकारले कारवाही गर्नुको अलावा उल्टै संरक्षण गरेको आरोप यहाँका चिकित्सक कर्मचारीहरुले लगाएका छन् ।

विगत ७० दिनदेखि आन्दोलनरत चिकित्सक कर्मचारीहरुले बीपी प्रतिष्ठान सुद्धिकरणका लागि आन्दोलन गरिरहेका छन् । चिकित्सक कर्मचारीहरुले तत्काल प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष डा. गुरु खनाल र निर्देशक गौरीशंकर साहलाई बर्खास्त नगरे सबै स्वास्थ्य उपचार सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

सोमवार आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरुले प्रतिष्ठान हाताभित्र विरोध प्रर्दशन गर्दै सरकारले तत्काल पदाधिकारी हटाएर प्रतिष्ठान सुधार गर्न माग गरेका छन् ।

बीपी प्रतिष्ठान सुद्धिकरण अभियान आन्दोलन सर्घष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले प्रधानमन्त्रीले गठन गरेको छानविन समितिले नै प्रतिष्ठानका पदाधिकारीहरु आर्थिक अनियमितिामा मुछिएको प्रतिवेदन बुझाउँदा समेत कारवाही नहुनु दुखद् भएको बताए ।

समितिका संयोजक डा. सुर्यप्रसाद रिमालले छानविन समिति र अख्तियारले समेत दोषी सावित गरिसकेका प्रतिष्ठानका पदाधिकारीहरुलाई कारवाही नगरेर सरकारले प्रतिष्ठानमाथि खेलबाट गरेको आरोप लगाए । उनले भ्रष्ट्राचारमा संलग्नलाई कारवाही गर्न ढिला गरिए काम छोडेर थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएपश्चात प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका थिए ।

उक्त समितिले प्रतिष्ठानका पदाधिकारीहरु आर्थिक अनियमितताका घटनामा मुछिएको र प्रतिष्ठानलाई सही नेतृत्व प्रदान गर्न नसकेको प्रतिबेदन देउवालाई बुझाएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...