Admission Open

रेल्वे कम्पनीको महाप्रवन्धकमा निरन्जन झा नियुक्त

जनकपुरधाम : सरकारले रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा निरञ्जन झालाई नियुक्त गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेपछि उनले स्पष्टीकरण नदिई राजीनामा दिएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...