Admission Open

ad place

विश्व नेपाली र टीका प्रसाईको स्वरमा उमेश रेग्मीको  ‘इनरुवा बजारमा’

धरान : गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान  इनरुवाको  प्रवद्धनका लागी अर्को नयाँ युगल गीत  ‘ इनरुवा बजारमा ’म्युजिक भिडियो सहित आफ्नो युट्युब च्यानल  गोत्र इन्टरटेन्मेन्टमार्फत  सार्वजनिक गरेका छन्।  चर्चित  गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको  गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् ।

 

युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा रिमा विश्वकर्मा तथा मोडल कमल सिंहको अभिनय रहेको छ भने निशाल पौडेलको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ । आफ्नो जन्म स्थानको प्रचार प्रसारको लागि र आफ्नो मातृभूमि प्रति समर्पित भएर यो गीत निर्माण गरेको रेग्मीले बताए। रेग्मीका यस अघि थुप्रै गीत बिभिन्न चर्चित गायक – गायिकाहरुको स्वरमा सार्वजनिक भई सकेको छ । रेग्मीले दुई महिना पहिले नै रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा ‘सुनसरी इनरुवा’ बोलको गीत सार्वजनिक गरेका थिए भने यस अघि आफ्नो संगीत यात्राको सुरुवातमा आफ्नै  स्वरमा  “सुनसरी इनरुवा ” बोलको गीत सार्वजनिक गरेका थिए।

[ हेर्नुहोस भिडियो ]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...