Admission Open

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दो; आजै ५५ जनाको मृत्यु, २,५४८ जना संक्रमित थपिए

काठमाडौं, २४ साउन : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ३७८ पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ । तीमध्ये १० हजार ९३ जनाको मृत्यु भएको छ भने ६ लाख ६९ हजार २९९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ जना रहेका छन् । जसमध्ये ३१ हजार ९६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८०२ जना आईसीयू र १८१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २२ वर्ष उमेर समूहका १५८ जना कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...