Admission Open

नेपालमा आज ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टी, २३ जनाको मृत्यु, १ हजार ९१६ जना संक्रमण मुक्त

काठमाडौं, १६ साउन : पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५१९ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज पुष्टी भएका संक्रमितसँगै नेपालमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या ७ लाख ५६ हजार ७३९ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको जम्मा संख्या पनि ६ लाख ५४ हजार १७७ पुगेको छ ।

त्यस्तै आज कोरोना संक्रमणका कारण २३ जनाले ज्यान गुमाएका छन। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८५७ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...