Admission Open

मदन पुरस्कार २०७७ का लागि ९ पुस्तकको श्रेष्ठ सूची सार्वजनिक

काठमाडौं, १५ साउन : मदन पुरस्कार गुठीले २०७७ का लागि ९ पुस्तकहरु छनौट गरेको छ । गुठीलाई कुल २२२ पुस्तकहरु प्राप्त भएको गुठीले जनाएको छ । प्राप्त पुस्तकहरु मध्येबाट उक्त ९ को सूची उत्कृष्ठको सूचीमा रहेको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई उपलब्ध गराएको थियो ।

समितिले गुठीलाई उपलब्ध गराएको सचीकै आधारमा शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो, जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् । छनौटमा परेका यिनै पुस्तकहरुमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रुपमा २०७७ को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीको सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...