Admission Open

१४ हजार २४२ को नमुना परीक्षणमा ३ हजार ३६५ थपिए संक्रमित, १६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ ।
यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...