Admission Open

ad place

आजदेखि  मध्यम तथा लामो दूरीका सार्वजनिक गाडी चलाउन दिने

काठमाडौँ, ९ साउन : आजदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौले जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो शुक्रवार एक सूचना प्रकाशित गर्दै लोकसेवा आयोग, विश्वविद्यालय तथा कक्षा १२ को समेत परीक्षाको तालिका सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमनलाई ध्यान दिँदै सार्वजनिक गाडी सञ्चालनमा सहजीकरण गर्न लागिएको जनाएको छ ।

प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...