Admission Open

अनेसासले मनायो भानुजयन्ती र  साधारण सभा

समाचारदाता

बोस्टन, अमेरिका : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार २०८औँ भानुजयन्ती समारोह तथा ३० ‍‍औँ   साधारण सभाको आयोजना गरेको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा ऐतिहासिक रुपमै पहिलो पटक दुई सयभन्दा ‍बढी आजीवन सदस्यहरूको सहभागिता रहेको थियो । स्मरण रहोस् अनेसासमा हाल २२ सय आजीवन सदस्य रहेका छन् ।
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको पहिलो सत्रमा साहित्यकार व्रतराज आचार्यले आदिकवि भानुभक्तका बारेमा प्रकाश पारेका थिए । यसैगरी अनेसास बोर्ड परिषद अध्यक्ष गीता खत्री, विश्व नेपाली साहित्य परिषदका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी, गैह्रआवाशीय नेपाली संघ भाषा साहित्य संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापा, नेप्लिज एसोसिएसन साउथ इष्ट अनेरिकाका  अध्यक्ष विनय अर्याललगायतले भानुभक्तको भाषिक योगदान  र अनेसासको साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्षहरु भीम रेग्मी, वसन्त श्रेष्ठ, सरला श्रेष्ठ, पुरु सुवेदी,पदम विश्वकर्मा, राधेश्याम लेकाली तथा अनेसास केन्द्र र बोर्ड परिषदका सल्लाहकारहरू प्राडा. खगेन्द्रप्रसाद लुइटेल, रोहिणी शर्मा, एलबि क्षेत्री, सुमलकुमार गुरुङ, प्राडा लक्ष्मणप्रसाद गौतम, मोहन सिटौलालगायतले शुभकामना व्यक्त गरेका थिए ।
अनेसासका महासचिव सर्वज्ञ वाग्ले र  बोर्ड परिषदका सचिव शिव लामिछानेले संस्थाको कार्य-प्रगति विवरण प्रस्तुत गरेको उक्त कार्यक्रममा  केन्द्रका कोषाध्यक्ष कृष्णकुमार गिरी र बोर्ड परिषदका कोषाध्यक्ष राम लामा अविनाशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  अध्यक्ष ‘माइला’ ले बिभिन्न देशमा रहेका अनेसास च्याप्टर तथा आजीवन सदस्यहरु अनेसासको मूल आधार एवम् जग भएको बताउदै आगामी दिनमा केन्द्रले अझै समान्वयात्मक रुपमा काम गर्ने कुरामा जोड दिए ।
कार्यक्रममा अनेसासका पूर्व सल्लाहकार कमला प्रसाई, केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, सचिव विमला निरौला,बोर्ड परिषदका सदस्य तीर्थराज अधिकारी , महिला समिति संयोजक उर्मिला निर्दोषी, पोर्चुगल च्याप्टर अध्यक्ष स्पन्दन विनोद, स्पेन च्याप्टर अध्यक्ष शारदा पौडेल नीशा,  आजीवन सदस्यहरू शशीकिरण रेग्मी, दुर्गा शाह बाबा, शशी थापा पण्डित, ललिता दोषी, शान्ता अधिकारी घिमिरेलगायतले कार्यक्रमबारे विचार तथा जिज्ञासा राखेका थिए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...