Admission Open

गएको २४ घण्टामा नेपालमा २,३७० कोरोना संक्रमित पुष्टि, संक्रमणका कारण १८ को निधन

काठमाडौं, २८ असार गएको २४ घण्टामा नेपालमा २ हजार ३७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ७ हजार ६८९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६९० जनामा र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० जना गरी जम्मा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको निधन भएको छ । त्यसैगरी गएको २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या १ हजार १३३ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...