Admission Open

असार २२ गते मंगलबारदेखि लागू हुने गरी जारी गरियो निषेधाज्ञा

काठमाडौं २० असार : काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको छ ।
असार २२ गते मंगलबारदेखि लागू हुने गरी जारी हुने निषेधाज्ञामा जोर विजोर प्रणाली हटाइ सबै सवारी साधनलाई स्वास्थ्य, सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने भएको हो

उपत्यकाको निषेधाज्ञा छल्न काठमाडौँ उपत्यका बाहिर गएकाहरुले पनि अब अनुमति लिएर काठमाडौं उपत्यका प्रवेश गर्न पाइने भएको छ तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्ने प्रावधान राखिएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न भने पाइने छैन । मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रावधान पनि राखिएको छ ।यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ ।

सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने जस्ता सामान्य मापदण्ड अपनाउनु पर्ने छ । यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४र४ जना र चालक छेउमा एकजना यात्रु राख्न पाइने छ ।

साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ र परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नु पर्नेछ ।

थपिएको निषेधाज्ञामा निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ । बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइने भएको छ ।

अव बिहानैदेखि पसल खोल्न पाईने

उपत्यकामा पसल खोल्ने समय पनि बढाइएको छ । अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

सम्पूर्ण विवरण बुझ्न हेर्नुहोस् जारी गरिएको आदेश:

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...