Admission Open

आज १ हजार ५२७ मा सङ्क्रमण पुष्टि, ३ हजार ६६ कोरोना मुक्त, १९ जनाको निधन

काठमाडौं, १९असार : गएको २४ घण्टामा थप एक हजार ५२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८३७ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चारहजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार १९८ जनाको मृत्यु भैसकेको छ ।पछिल्लो २४ घण्टामा तीन हजार ६६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४।३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...