Admission Open

अव तीन दिन भारी वर्षाको सम्भावना: जनजीवन प्रभावित हुन सक्ने, सबैलाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १६ असार : आजदेखि अवका तीन दिनसम्म देशभरको मौसममा परिवर्तन आउने र नेपालका धेरैजस्तो भूभागमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको भूभाग नजिक रहेकाले त्यस्तो संभावना रहेको मौसमविदले बताएका छन् ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानहरुमा अत्यधिक वर्षाको सम्भावना रहेको पनि जनाईएको छ ।

यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...