Admission Open

मकवानपुरमा २१ गतेसम्मका निषेधाज्ञा थप    

हेटौँडा : मकवानपुर जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै पुनः यही असार २१ गते राति १२ बजे सम्मका लागि लम्ब्याइएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

प्रशासनअनुसार निजी सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ भने सार्वजनिक यातायात बन्द रहने छ । थप गरिएको निषेधाज्ञामा प्रेस, फोटो स्टुडियो, फोटोकपी सेन्टर बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइने छ । कस्मेटिक पसल र सुनचाँदी पसल पनि जुत्ता चप्पल, फर्निचर पसलसरह मध्याह्न १२ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको छ । अन्य व्यवसाय भने अघिल्लो पटकको निर्णयबमोजिम नै कायम गरिएको छ । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमणको दर घट्दै गएको भए पनि जोखिम यथावत नै रहेकाले असार १४ गतेसम्म जारी गरिएको निषेधाज्ञा थप सात दिन थप्ने निर्णय भएको जिप्रका मकवानपुरले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...