सरकारी सवारी साधनको चरम दुरुपयोग : बीपी प्रतिष्ठानका पदाधिकारीले चड्ने गाडी जफत

सुनसरी, १३ असार : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राखेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारीले पदाधिकारीहरु चड्ने सवारी साधन जफत गरेका छन् । आन्दोलनरत चिकित्सक र कर्मचारीहरुले आईतवार प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्र्देशक डा. गौरीशंकर साहले प्रयोग गर्दै आएको सवारी साधन जफत गरेका हुन् ।

विगत १३ दिनदेखि प्रतिष्ठान सुधारको माग गरेर आन्दोलनमा उत्रिएका चिकित्सक कर्मचारीका जायज मागलाई प्रतिष्ठानका पदाधिकारीहरुले सम्बोधन गर्न आनाकानी गरेको भन्दै उनीहरुले प्रयोग गर्दै आएको सवारी साधन जफत गरेको प्रतिष्ठानको संयुक्त संघर्ष समितका संयोजक डा. सुर्यप्रसाद रिमालले बताए । उनले प्रतिष्ठानका उपकुलपति गिरी सवारी साधनको चावी बोकेर काठमाडौं गएकाले उनी आए लगतै सवारी साधन जफत गर्ने बताए । डा रिमालले प्रतिष्ठानका पदाधिकारीहरुले सरकारी गाडी दुरुपयोग गरी चलाएका कारण जफत गरिएको बताए

प्र्रतिष्ठानका पदाधिकारीहरु प्रतिष्ठानलाई सुधार गर्न भन्दा पनि औषधि उपकरण लगायतका सामाग्री खरिदमा आर्थिक अनियमितताका घटनामा संलग्न भै प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै यहाँ कार्यरत चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । दिनहु प्रतिष्ठानमा आन्दोलन हुन थालेपछि प्रतिष्ठानको स्वास्त्थ सृवा र कर्मचारी प्रशासनबाट प्रदान गरिने सेवा प्रभावित भएको छ । संयुक्त संर्घष समितिका सदस्य डां अमृत जैशिले प्रतिष्ठान सुधार गरौं भनेर आन्दोलन गर्दासमेत पदाधिकारीहरुले अटेर गरेकाले भोली सोमवार देखि प्रतिष्ठानमै रिले अनसन सुरु गर्ने बताए । बीपी प्रतिष्ठान देशकै महत्वपूर्ण र ठुलो स्वास्थ्य संस्था भएकाले यसलाई बचाउन चिकित्सक कर्मचारीको कर्तव्य ठानेर आन्दोलन थालिएको उनको भनाई छ ।

प्रतिष्ठानको सेवा सुधारको माग गर्दै धरानका नागरिक समाज र विभिन्न प्रमुख नौ राजनैतिक दलहरुले समेत आन्दोलन गर्दा समेत प्रतिष्ठानका उपकुलपति गिरी कार्यालय छाडेर काठमाडौं बसेको भन्दै धरानवासिले आक्रोस पोखेका छन् । धरान नागरिक दवाव संचाल र एमाले, कांग्रेस, जसपा लगायतका नौ दलले सोमवारसम्म गिरीलाई कार्यालयमा हाजिर भएर नियमित काम कारवाही सुचारु गर्न चेतावनी दिएका छन् । प्रतिष्ठानका आन्दोलनरत चिकित्सक, कर्मचारी र धरानवासीले प्रतिष्ठान सुधार गर्न माग राखेर कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्रसमेत बुझाई सकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...