Admission Open

उत्तर अमेरिका व्यापी कविता प्रतियोगिता हुने

नेपालीमाला, समाचारदाता : अमेरिका एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह(आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजालाई दिइएको छ ।
संयोजक पूजाका अनुसार प्रतियोगितालाई पारदर्शी बनाउन उत्तर अमेरिकाकै तीनजना निर्णायकलाई छनोट गरि वाचनका लागि उत्कृष्ट दश कविको नाम सार्वजनिक गरिने छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ३ सय, दुई सय र एक सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...