Admission Open

आज देशका धेरै भू–भागमा भारी वर्षाको सम्भावना, सबैलाई सावधान रहन आग्रह

काठमाडौं : आज देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेकोले सबैलाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज देशका धेरै भू–भागमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै आज लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशका धेरै स्थानमा हल्का वर्षादेखि भारी वर्षाको सम्भावना रहेको र राति देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले वर्षाका कारण बाढी पहिरोको जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । काठमाडौंमा विहान मौसम खुले पनि केही समयपछि बदली हुने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताएका छन् । यद्यपि काठमाडौंमा भारी वर्षाको सम्भावना भने नरहेको उनले जानकारी दिए ।

बाढी तथा पहिरोका कारण यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

अन्यत्रभन्दा नदी किनार तथा भिरालो क्षेत्रमा बाढी र पहिरोको सम्भावना धेरै हुने भएकाले सजग हुन पनि आग्रह गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...