Admission Open

वीपी प्रतिष्ठानमा भएको भष्ट्राचारको उच्च स्तरीय समिति गठन गरी छानविन गर्न माग

[ राजनैतिक हस्तक्षेपमा परेका बीपी प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा संलग्न हुन थालेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको भन्दै चिकित्सक र कर्मचारीहरू प्रतिष्ठान सुधारको माग गर्दै तीनदेखि आन्दोलनमा उत्रिएका छन् । ]

धरान ३ असार :  सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितता (भ्रष्टाचार) को उच्च स्तरीय समति गठन गरी छानविन गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष यहाँका चिकित्सक र कर्मचारीहरूले माग गरेका छन् । प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्तिलगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्ट्राचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रधानमन्त्रीसमक्ष उक्त आग्रह गरेका छन् ।
पछिल्लो समय राजनैतिक हस्तक्षेपमा परेका बीपी प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा संलग्न हुन थालेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको भन्दै चिकित्सक र कर्मचारीहरू प्रतिष्ठान सुधारको माग गर्दै तीनदेखि आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरूले चालेको आन्दोलनमा प्रतिष्ठानका कर्मचारीहरूले समेत सर्मथन जनाएपश्चात आन्दोलन विहिबारदेखि झन चर्किएको छ । आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रतिष्ठान सुधारको माग गर्दै विहिबार धरान बजारमा विरोध प्रर्दशन गरेका छन् । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिष्ट्रर भएर आएयता बेथिति बढेको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् ।

[ प्रतिष्ठानमा भएको सबै आर्थिक अनियमितताका घटनाको छानविन गरी दोषीउपर कडा कारवाही नभएसम्म आन्दोलनलाई जारी राख्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ]


प्रतिष्ठानमा भएको सबै आर्थिक अनियमितताका घटनाको छानविन गरी दोषीउपर कडा कारवाही नभएसम्म आन्दोलनलाई जारी राख्ने चिकिच्सकहरूले चेतावनी दिएका छन् प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटी अध्यक्ष डा. विष्णु पखरेलको नेतृत्वमा चिकित्सकहरूले मंगलवारदेखि प्रतिष्ठान पदाधिकारीहरूको बेथिति विरुद्ध आन्दोलन चर्काएका छन् । चिकित्सकहरूको आन्दोलनलाई प्रतिष्ठानका निवर्तमान शिक्षाध्यक्ष प्रा. डा विक्रमप्रसाद श्रेष्ठलेसमेत समर्थन गरेका छन् । विहिबार प्रतिष्ठानबाट विभिन्न प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले धरानको बुद्धचोक, धनुकुटे रोड, रागा चोक, पुतली लाईन हुदै भानु चोकसम्म ¥याली निकालेका थिए ।
प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पखरेलले प्रतिष्ठानमा भएको भष्ट्राचारको उच्च स्तरीय समिति गठन गरी छानविन गर्न प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष माग गरेका छन् । उनले यस अगाडि प्रतिष्ठानमा भ्रष्ट्राचार गरेर अख्तियारले कारवाही गरेका पूर्वपदाधिकारीहरू पनि प्रतिष्ठानको सेवा सुविधा खाईरहेको भन्दै विरोध जनाएका छन् ।
सोसायीटीका महासचिव डा. सर्यप्रसाद रिमालले पछिल्लो समय राजनैतिक नियुक्ति लिएर आएका पदाधिकारीहरूले प्रतिष्ठान संचालन सहीढंगले संचालन गर्न नसकेका कारण नै प्रतिष्ठान संचालनमै समस्या उत्पन्न भएको बताए । उनले प्रतिष्ठानमा भएको भ्रष्ट्राचारको विरोध गर्दा उपकुलपति डा. गिरीले उल्टै चिकित्सक र कर्मचारीहरूलाई विभिन्न प्रकारका धम्की दिएर अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाए ।


प्रतिष्ठानको कर्मचारी तर्दथ समितिका महासचिव राजिव हलुवाईले प्रतिष्ठानमा भष्ट्राचार गरी अनियमितता गर्ने पदाधिकारीलाई कारवाहीको दायरामा नल्याईन्जेल आन्दोलन नरोकिने चेतावनी दिए । प्रतिष्ठानका पदाधिकारीहरू धरान भन्दाबढि काठमाडौँका महङ्गा होटलमा बसेर थप आर्थिकभार थपेको उनको आरोप छ ।
प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलनका विषयमा बुझ्न फोन गरी बुझन् खोज्दा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार मोहनचन्द्र रेग्मी र सहायक प्रबक्ता डा. चुडामणि पोखरेल तीनै जनाले फोन उठाएनन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...