Mobile banking

Nepal Telecom

तपाईँको परीक्षा छुट्ला है !

परीक्षा सम्बन्धी भर्खरै प्रकाशित जरुरी सूचना हेर्नुहोस्

काठमाडौं / त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षका परीक्षार्थी र क्याम्पसहरुका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अन्तर्गत स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्न पूर्व प्रकाशित सूचनामा अनलाइन सिस्टम देखिएका समस्याहरु समाधान हेतु त्रिवि केन्द्रीय परीक्षा सञ्चालक सतिमितको निर्णय खनुसार तपसिल बमोजिम गर्न गराउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना पुनः प्रकाशित गरिएको छ ।’

अशिंक र मौकाका केही परीक्षार्थीहरुको रजिष्ट्रेशन नम्बर अनुसार अनलाइन एक्सेस नखुलेका कारण भोलि मिति २०७८ जेष्ठ २६ गतेदेखि उक्त फारमहरु रजिष्ट्रशन नम्बर नराखी भर्न मिल्ने व्यवस्था गरिएको कुरा सूचनामा उल्लेख छ ।

सन् २०१९ सालको रजिष्ट्रेशन नम्बर कायम नभएका परीक्षार्थीहरुको हकमा त्यस्ता परीक्षार्थीहरुको रजिष्ट्रेशन फारम तथा आवश्यक प्रमाणपत्र दोब्बर दस्तुर शुल्क लिई सम्बन्धित क्याम्पसले नै अनलाइन फारम भर्नुपर्ने र प्रवेशपत्र वितरणका समय भित्र रजिष्ट्रेशन नम्बर अनिवार्य रुपमा लिइसक्नु पर्नेछ ।

अन्यथा रजिष्ट्रेशन नम्बर कायम नभएका परीक्षार्थीहरुलाई परीक्षामा संलग्न गराइने छैन पनि भनेर स्पष्ट पारिएको छ ।

[हेर्नुहोस् सूचना]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...