Admission Open

विश्वासको मत लिन असमर्थ भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएका छन् । बिहीबार उनले प्रदेशसभा समक्ष विश्वासको मत मागेका थिए ।

विश्वासको मत प्राप्त गर्न नसकेसँगै उनको पद खोसिएको हो । प्रदेशमा रहेका ४ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले ह्विप नै जारी गरी मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि अब संविधानको धारा १६८९५० अनुसार नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९
वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ ।

सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमविक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...