Admission Open

वृद्धाश्रमलाई सहयोग


पोखरा / पोखरा महानगरपालिका–१७ स्थित पोखरा वृद्धाश्रममा कोरोनाको कहरसँगै तरकारी तथा खाद्यान्न अभाव भएको सूचना पाएसँगै यहाँको तल्लो कुलाको डिल टोल विकास संस्थाले ४० हजार नगदसहित खाद्यान्नसमेत गरी रु ८० हजार बराबरको सहयोग गरेको छ ।

पोखरा–६ मा क्रियाशील संस्थाले बुधबार पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई उक्त सहयोग हस्तान्तरण गरेको टोल विकास संस्थाका सदस्य ऋषिराम बरालले जानकारी दिनुभयो । कोरोना कहरका कारण निषेधाज्ञा जारी भइरहेको अवस्थामा विगतमा जस्तो सहयोगी दाताहरू आउनसमेत असमर्थ भएको सूचना पाएसँगै संस्थाको पहलमा उक्त सहयोग जुटाइएको संस्थाका अध्यक्ष मणिराम बरालले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...